लक्ष्मीप्रसाद देवकोटा (जन्म बिसं १९६६ (सन् १९०९), मृत्यु बिसं २०१६ (सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका बिभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनलेकविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अमर कृतिहरू लेखेका थिए। बिशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।
पछि उनले नेपाली साहित्यमा रुमानी (स्वच्छन्दतावाद) को सुरुवात गरि नयाँपुस्ताका लेखकहरूलाई निक्कै प्रभाव पारे। उनी एक आधुनिक कविका रुपमा बिकास हुँदै नेपाली साहित्यमा आफ्नो उच्च ओहदा कायम गरे, जसलाई धेरैजनाहरू नक्कल गर्न खोज्दछन्।
उनले सहनशीलता, सहयोगी भावना र दयाको उपदेश दिन्थे । कामबाट घर फर्किदै गर्दा, एक दिन, उनका सामुन्ने एक माग्ने पैसा माग्दै आयो। जाडोले कठ्याङ्ग्रिएको देखेर देवकोटाले आफैँले लाइराखेको कोट फुकालेर त्यस माग्नेलाई दिए।
देवकोटा सन १९०९ मा जन्मिदा, देशमा राणा शासन थियो। राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन, तर धेरै चोटिको प्रयत्नपछि देवकोटाको परिवारले उनलाई काठमाण्डौँ उपत्यकाको एकमात्र विद्यालय दरवार स्कुलमा भर्ना गरिदिए। देवकोटाले आफ्नो पहिलो कविता यही स्कुलमा लेखे, र भनिन्छ, उनले आफ्ना कविता साथीहरू र गुरुहरूलाई सुनाउने गर्दथे । धेरै पटक साथीहरूले उनले त्यस्ता उत्कृष्ट कविताहरू लेख्दा छक्क पर्दथे, तर उनका शिक्षकहरू त्यस कलिलो प्रतिभाबाट निक्कै प्रभाबित थिए।
सन् १९२५ मा देवकोटा त्रि-चन्द्र कलेजमा बिज्ञान बिषयमा भर्ना भए। बिज्ञानमा प्रमाणपत्र तहको अध्यन पुरा गरेपछि उनले मानविकी सङ्कायमा सरे। सन् १९२९मा उनले आफ्नो स्नातक तहको अध्यन पुरा गरे पछि सन् १९३१ मा छात्रबृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पठ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी बिषयमा स्थान नपाएपछि उनले कानून पढे।